कोभिड न्युनिकरण तथा व्यवस्थापन अभियानद्वारा स्वास्थ्य इकाई खर्बाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोभिड न्युनिकरण तथा व्यवस्थापन अभियानद्वारा स्वास्थ्य इकाई खर्बाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– कमल पौडेल

खर्बाङ: कोभिड-१९ संक्रमण न्युनिकरण तथा व्यवस्थापन सहयोग अभियान बडिगाड खर्बाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बडिगाड गाउँपालिका वडा नं. २ को प्रत्येक टोलमा पुग्नेगरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अभियानले जनाएको छ।

स्वास्थ्य इकाइलाई आवश्यक पर्ने पिपिई, अक्सिमिटिर, थर्मोमिटर, सेनिटाइजर, सलाइन, सिटामोल, मेट्रोडिनाजोल, जीवनजल, डिकोल्ड, मास्क, साबुन लगायतका सामग्री वितरण गरिएको अभियानका संयोजक दिन बहादुर केसी (विष्णु) ले जानकारी दिनुभएको छ।

प्राप्त सामग्री मध्ये आधारभुत सामाग्री वडा नं. २ का प्रत्येक टोलमा महिला स्वास्थ्य स्वयंसेविका तथा केहि स्थानमा शिक्षकहरुलाई परिचालन गर्ने र स्वास्थ्य सामग्री पुर्याउने र टोलबाटै सेवा दिने गरी तयारी भएको वडा अध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिनुभएको छ।

शनिवार सम्म सबै महिला स्वास्थ्य स्वयंसेविका तथा खटाइएका शिक्षकहरुलाई सामान्य तालिम सहित सामग्री हस्तान्तरण गर्ने र सेवा सुरु गर्ने खर्बाङ स्वास्थ्य इकाइका प्रमुख रञ्जीत यादवले बताउनु भएको छ। अभियानले खर्वाङमा निर्मित आइसुलेसनलाई समेत सहयोग गर्दै आएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय