बोआओमा २०५७ फागुन १६ (२७ फेब्रुवरी २००१) मा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङ चेमिनले उद्घाटन गरेको समारोहमा राजा वीरेन्द्र ‘सम्मानित अतिथि’ का रूपमा सहभागी भएका थिए । मञ्चमा चिनियाँ राष्ट्रपति चेमिन, मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. महाथिर मोहमद र नेपालका राजा वीरेन्द्र मात्र रहने व्यवस्था गरिएको थियो ।
उक्त फोरमबाट राजा वीरेन्द्रले भनेका थिए, “हामीलाई आशा छ, यो मञ्च एक उत्कृष्ट मञ्चका रूपमा विकसित हुनेछ । साथै यो मञ्च एसियाली मुलुकहरूको आकांक्षा तथा भावना व्यक्त गर्ने थलो बन्नेछ । आपसी समझदारीका साथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय मामिलामा सहयोग अभिवृद्धि गर्ने आफ्नो लक्ष्यमा सफल हुनेछ ।”





