बडिगाड गाउँपालिकामा पहिरो: हालसम्म ७ जनाको मृत्यु

बडिगाड गाउँपालिकामा पहिरो: हालसम्म ७ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ। बागलुङमा पहिरोले पुरिएर छुट्टाछुट्टै ठाउँमा ७ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण पहिरो झर्दा उनीहरूको मृत्यु भएको हो ।

वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका हुन् । तीमध्ये ५ जनाको शव निकालिएको छ भने २ जना बेपत्ता छन् । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् ।

उनीहरूको पहिचान खुल्न बाँकी छ । वडा नम्बर ९ को नयाँ बस्तीमा बिहानै पहिरोले पुरिँदा १४ वर्षका विधान परियारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, सोही वडाको खहरे खोलामा पहिरोकै कारण २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको छ ।

‘बाटो छैन । उद्धारका लागि टोली खटिएको छ,’ उनले भनिन्, ‘नगरप्रहरी र प्रहरी पुगिसकेका छन् । आर्मी पनि जाँदैछन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय