टिप  हेल्प नेपाल स्पोर्टस क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

टिप  हेल्प नेपाल स्पोर्टस क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

त्रिभुवन आर्मी क्लबलाई फाइनलमा ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो। हेल्प नेपाल २५-२१,२५-२१,२५ ले विजयी भएको हो। हेल्प नेपालले यसपटक खेलेका ५ खेलमा कुनै पनि सेट गुमाएन।

हेल्प नेपाल र आर्मीले लगातार चौथो पटक च्याम्पियनसिपको फाइनल खेलेका हुन्। छैटौं (२०७८)मा आर्मी र त्यसपछि यसपालीसहित गरि हेल्प नेपाल लगातार तेस्रो पटक च्याम्पियन (२०७९,२०८० र २०८२) मा च्याम्पियन बनेको हो।

न्यु डायमण्ड ४ वर्षपछि च्याम्पियन
टिप टप हेल्प न्यु डायमण्ड युथ स्पोर्टस क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
नेपाल पुलिस क्लबलाई‌ फाइनलमा ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको हो। न्यु डायमण्ड २५-१८,२५-१९,२५-१८ मा विजयी भयो ।
न्यु डायमण्ड यसपटक एउटा पनि सेट नगुमाई विजयी बनेको हो । न्यु डायमण्डले ४ वर्षपछि च्याम्पियनसिपको उपाधि जितेको हो‌। तेस्रो पटक च्याम्पियनसिपको फाइनल खेल्दा न्यु डायमण्ड दोस्रो पटक च्याम्पियन बनेको हो। २०७८ मा एपिएफलाई‌ हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो।  २०७९ को फाइनलमा भने न्यु डायमण्ड पुलिससँग पराजित भएको थियो।
गत फागुनमा पोखरामा एनभिए भलिबल लिगको फाइनलमा पनि न्यु डायमण्ड पुलिससँग नै पराजित भएको थियो।
पुलिस र एपिएफ तेस्रो


नेपाल पुलिस क्लब पुरुष र एपिएफ क्लब महिलातर्फ नवौं एनभिए भलिबल च्याम्पियनसिपमा तेस्रो भएको छ।
रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ को हराउँदै पुलिस तेस्रो भएको हो। पहिलो दुई सेट गुमाएको पुलिस २५-२७,२३-२५,२६-२४,२५-२२,१५-१० ले विजयी भएको हो।
महिलामस एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो भएको हो। एकपक्षीय खेलमा एपिएफले आर्मीलाई २५-१३,२५-१७,२५-१० ले हराएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय