ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सवमा नेपाली फिल्म ‘टेस्ट अफ वाटर’ छनोट

ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सवमा नेपाली फिल्म ‘टेस्ट अफ वाटर’ छनोट

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएको नेपाली छोटो चलचित्र “टेस्ट अफ वाटर” जर्मनीमा आयोजना हुने प्रतिष्ठित ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सव (७२औँ संस्करण)मा आधिकारिक रूपमा छनोट भएको छ।

विश्वकै सबैभन्दा पुराना, प्रभावशाली र प्रतिष्ठित छोटो चलचित्र महोत्सव मध्य एक मानिने यस महोत्सवमा छनोट हुनु नेपाली चलचित्रका लागि ठुलो उपलब्धि मानिएको छ। विश्वभरका सशक्त र सृजनशील फिल्ममेकरहरूको उत्कृष्ट कृतिहरू प्रदर्शन हुने यस प्लेटफर्ममा नेपाली फिल्मको उपस्थिति हुनु गौरवको विषय बनेको छ।

उक्त फिल्म Children and Youth Competition – Official Selection अन्तर्गत छनोट भएको हो, जसले विभिन्न पुस्ता र संस्कृतिमा प्रभाव पार्ने कथाहरूलाई प्राथमिकता दिने गर्दछ।

यस उपलब्धिले नेपाली कथा, संस्कृति र सृजनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्त्वपूर्ण अवसर प्रदान गरेको निर्माण टिमले जनाएको छ।

“टेस्ट अफ वाटर” का लेखक तथा निर्देशक आयन परियार हुन्।

फिल्मका निर्माता दीवस श्रेष्ठ, ज्योत्सल राजभण्डारी र प्रेम प्रसाद अधिकारी रहेका छन्। छायाङ्कन निर्देशक (DOP) शरद महतो, सहायक निर्देशक सुमित्रा कालिकोटे र प्रोडक्सन म्यानेजर आशिष कँडेल रहेका छन्।

कलाकारहरूमा अफन्ता बीके, अनुप डोटेल, सोनिका शाही ठकुरी, चन्द्र नेपाली र कमला पराजुलीको अभिनय रहेको छ।

प्राविधिक टिमतर्फ ध्वनि सुपरभाइजर तथा मिक्सिङ दिकेश खड्गी शाही, ध्वनि पोस्ट-प्रोडक्सन सहायक भुवन रावल र आर्यन कोइराला, सम्पादक अनिमेष सापकोटा, कलरिस्ट कृष्ण भण्डारी तथा संगीत संयोजक सबिन महर्जन र सरुण मानन्धर (Author X) रहेका छन्।

महोत्सव आगामी अप्रिल २८ देखि मे ३, २०२६ सम्म जर्मनीमा आयोजना हुनेछ । यस उपलब्धिलाई केवल एक फिल्मको सफलता मात्र नभई सम्पूर्ण नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक क्षणका रूपमा लिइएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली फिल्मले विश्वभर आफ्नो पहिचान अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय