‘मेरी बास्सै’की अप्सरा आमाको निधन, पशुपतिमा गरियो अन्त्येष्टि

‘मेरी बास्सै’की अप्सरा आमाको निधन, पशुपतिमा गरियो अन्त्येष्टि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ- ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका गरेकी कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि गरिएको छ।

शनिबार बिहान पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो। त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर सम्मान गरिएको थियो। 

क्यान्सरपीडित श्रेष्ठ शुक्रबार राति बितेकी थिइन्।  दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। 

पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो।

त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै थलिएकी थिइन।

उनको अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला, गायिका राधिका हमाललगायत कलाकार सहभागी भएका थिए।

‘मेरी बास्सै’ मा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्ने खड्काजीको श्रीमती (अप्सरा आमा) को भूमिकामा देखिएकी थिइन्। 

छुच्चो भूमिकामा अभिनय गरेकी अप्सरा आमा र खड्काजीको जोडीलाई निकै रुचाइएको थियो। साथै लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहित थुप्रै फिल्म र म्युजिक भिडिओमासमेत अभिनय गरेकी छिन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय