मुसिकोटमा कोरोना सक्रंमण निको हुनेको संख्या बढ्दै, आज थप १२ जनाले कोरोना जिते

मुसिकोटमा कोरोना सक्रंमण निको हुनेको संख्या बढ्दै, आज थप १२ जनाले कोरोना जिते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: मुसिकोट नगरपालिकामा आज थप १२ जनाले कोरोना जितेका छन्। होम आईसोलेसनमा बसेका ८ जना र कोरोना अस्थायी अस्पताल वामीको आईसोलेसनमा उपचाररत ४ जनाले कोरोना जितेको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभएको छ।

कोरोना निको हुनेमा ६ पुरुष र ६ महिला रहेका छन्। शनिवार पनि १६ जनाले कोरोना जितेका थिए। मुसिकोट नगरपालिकामा कोरोना निको हुने दर बढ्दै गएको छ।

यसैबीच नगरपालिकामा आज थप ६ जनामा सक्रंमण पुष्टी भएको छ। नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ७ का ३ जना, वडा नं ६ का १ जना र वडा नं ९ का १ जना तथा वडा नं ४ का १ जनामा सक्रंमण पुष्टी भएको हो। ९ जनाको ऐन्टिजेन परिक्षणमा ६ जनामा सक्रंमण देखिएको नगर स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो। उनीहरु मध्ये ४ पुरुष र २ महिला रहेका छन्।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय