नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीले गुल्मीका पहिरो पिडीतलाइ गर्यो आर्थीक सहयोग

नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीले गुल्मीका पहिरो पिडीतलाइ गर्यो आर्थीक सहयोग

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बिष्णु प्रसाद आचार्य गुल्मी — नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीले गुल्मीका पहिरो पिडीतलाइ आर्थीक सहयोग गरेको छ । गत असार १८ गते परेको अबिरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाएका गुल्मीका २ परीवारका आफन्तलाइ काँग्रेसले सहयोग गरेको जनाएको छ । पहिरोका कारण गुल्मीको इस्मा गाउँपालीकाकी ८ बर्षीया भुमिका खत्री र मुसिकोट नगरपालीकाका ५५ बर्षीया भागीरथ घिमीरेले ज्यान गुमाउनुपरेको थियो । पहिरोले दिएको पिडालाइ कम गर्नको लागि केही हदसम्म राहत महशुस होस भन्ने उद्येश्यले आफुहरुले मृतकका परिवारलाइ यथाशक्य सहयोग गरेको विपद व्यवस्थापन समितीका सँयोजक योगराज कँडेल शर्माले बताउनुभयो ।

इस्मा पहिरोमा परी ज्यान गुमाएकी बिमला खत्रीका अभिभावकलाइ काठमाडौमा भेटेर विपद व्यवस्थापन समितीका सँयोजक योगराज कँडेल,सदस्य द्धय ओम बस्नेत र बिष्णु केसीले सहयोग रकम रु पाँच हजार हस्तान्तरण गर्नुभएको हो । त्यस्तै पहिरोको प्रत्यक्ष अवलोकन गर्न गुल्मी पुगेका नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीका उपाध्यक्ष कृष्ण प्रसाद खरेल, समितीका सल्लाहकार सदस्य परशुराम घिमीरे, समितीका सदस्य सन्तोष पाण्डे र मुसिकोट २ का नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका राम बहादुर केसीको टोलीले मुसिकोटको पहिरोमा परी ज्यान गुमाएका भागीरथ घिमीरेको परिवारलाइ नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको काँग्रेसले जनाएको छ ।

पहिरोको कारण अस्तव्यस्त बनेको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको काँग्रेसले स्थलगत अध्ययन समेत गरि इस्माका ७५ र मुसिकोटका २५ परिवारलाइ खाद्यान्न सहयोग गरेको छ । आवश्यकताको आधारमा अन्य सहयोगको प्याकेजको लागि समेत तयारी थालिएको नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष ज्ञान बहादुर कार्कीले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय