पहिरोले बुटवल–तानसेन सडक पूर्णरुपमा अवरुद्ध, पुरियो ट्रक

पहिरोले बुटवल–तानसेन सडक पूर्णरुपमा अवरुद्ध, पुरियो ट्रक

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश घिमिरे, बुटवल। पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो झरेपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको हो। पहिरोलेमा परि एउटा ट्रक पनि पुरिएको छ । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।
तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो । बुटवलबाट स्याङ्जा जाँदै गरेको लु २ ख ११७५ नम्बरको ट्रकलाई शुक्रबार साढे १० बजेतिर पहिरोले पुरिएको हो। मानवीय क्षेती भने भएको छैन। त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय