राम प्रसाद घिमिरे, बाग्लुङ । ढोरपाटनमा मिडिया माथि नै विभेद भएको छ । गाउँघरमा एउटा उखान छ, मामाको धन फुपूको श्राद्ध । यस उखानलाई ढोरपाटन नगरपालिकाले चरितार्थ पारेको छ । स्थानीय सरकारहरुले व्यापक आर्थिक दुरुपयोग गरिरहेका छन् । त्यस्को ज्वलन्त उदाहरण बनेको छ ढोरपाटन नगरपालिका । ढोरपाटन नगरपालिकाले हिँजो असार मसान्त सम्ममा बुर्तिवाङ बजारमा सन्चालित तीन वटा एफएम रेडियोलाई रु ३ लाख १० हजार वितरण गरेको छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पोखरेलले दिएको जानकारी अनुसार नगरपालिकाले नगरप्रमुख देवकुमार नेपालीको स्वामित्वको होटेल दरबारमा स्थित बुर्तिवाङ रेडियोको नाममा रु १ लाख ५० हजार र सामुदायिक रेडियो परिवर्तनका नाममारु १ लाख ५० हजार वितरण गरेको छ । जबकि बुर्तिवाङबाटै प्रशारण भैरहेको पुरानो सामुदायिक रेडियो ढोरपाटनलाई भने जम्मा रु १० हजार मात्र प्रदान गरेको छ । यसलाई यस क्षेत्रमा ‘पक्षपातको पराकाष्टा’ भनेर टिप्पणी भैरहेको छ ।
यस्तै बागलुङ सदरमुकामबाट सञ्चालित धौलागिरी एफएमको नाममा रु ५२ हजार, पोखराबाट प्रकाशित हुने ढोरपाटन दैनिकलाई २० हजार र बडीगाड अनलाईनलाई रु ३० हजार प्रदान गरेको पनि प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो । अधिकृत पोखरेलका अनुसार अरु चाङ छ सबै भन्न सकिने अवस्था छैन ।





