बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१३ स्थित कालिगण्डकी नदि किनारामा एक युवकको श`व फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षका जिवन पुुनको कालीगण्डकी नदीको किनारामा बिहिवार दिउँसो मृ*त अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पुन असार ३० गते पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ स्थित दिदिको घरबाट जैमिनी फर्किने क्रममा सम्पर्कविहिन भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी किनारमा श`व फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । दिदिको घरबाट कालिगण्डकी नदि तरेर जैमिनी तर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरी अनुमान छ । पुनको श*व प्रहरीले पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा पठाएको छ । CP – Aadarsasanchar online





