म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो !

म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

म्याग्दी – बिहीबार राती र शुक्रवार बिहानीपख आएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शुक्रवार र शनिवार साँझसम्म २७ जनाको शव फेला परेको छ ।

जिल्लाको धौलागिरी गाउँपालिका- ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका- ७ बिममा गएको पहिरोमा सुरक्षाकर्मीले गरेको खोजतलास तथा उद्धारकार्यको क्रममा शनिवार साँझ थप ७ जना मृत अवस्थामा फेला परेका हुन । पछिल्लो पटक मृत भेटिएकाहरूमा धौलागिरी गाउँपालिकाका हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौसरा जुग्जाली, बिमा जुग्जाली, विपिन जुग्जाली र दिवान जुग्जाली रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय