बर्खा लागे संगै किसान रोपाईमा ब्यस्त !

बर्खा लागे संगै किसान रोपाईमा ब्यस्त !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुमित्रा कडेंल,पाल्पा । विगतका बर्षहरुमा पानी नपर्दा किसानका खेतीयोग्य जमिन बाझिएको अवस्थामा थिए भने यस बर्ष अत्याधिक बर्षा र कोरोना भाइरसका कारण गर्दा धेरै मानिसहरु गाउँ फर्केकाहुदाकिसानका खेतबारीहरुमा हरियालीछाएको छ ।

स्थानीय बासिन्दा अमृता खाम्चाका अनुसार मानो रोपेर मुरी उब्जाउने बेलामा कहिले प्रकृतिले साथ नदिने त कहिले गाउँमा खेतीपाती गर्ने मान्छे नै नहुदा धेरै खेतीयोग्य जमिन बाझो राख्नु पर्ने बाध्यता यो वर्ष टरेको बताउनुभयो । माथागढी गाउँपालिका ,तानसेन नगरपालिका र बगनाशकाली गाउँपालिका अन्तर्गत पर्ने माडी फाटका अधिकाशं खेतहरु असारमानै ९५ प्रतिशत रोपाई भैसकेको छ । यस्तै गरि दैवीप्रकोप केही नपरेर समय समयमा पानी परि राख्यो भने अन्नबाली मनग्य उत्पादन हुने किसानहरुको भनाइ छ।

गएका वर्षहरुमा साउनमा समेत खेत रोप्न कठिन हुने खेतमा यो वर्ष असारमै सबै खेत रोपाई गर्न पाउँदा किसान निकै खुशी भएका छन् ।यस्तै गरि खेतबारीमा भुल्न पाउँदा रमाउने किसानले मौलिक सभ्यता र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मौलिक लोकभाका गाउँदै रमाउदै धान रोपेको छन् साथै आधुनिक प्रविधिको प्रवेश संगै ट्याक्टरले खेत जोत्ने र रोपाई गर्ने परम्परा आएकोमा रोपाई गर्न सहज भएको स्थानीय कृषक टेकबहादुर रानाले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय