मलाई गालीगलौज गर्न ‘मिसन’ चलाउनेहरु देखेर दया लाग्छ : प्रधानमन्त्रीे

मलाई गालीगलौज गर्न ‘मिसन’ चलाउनेहरु देखेर दया लाग्छ : प्रधानमन्त्रीे

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ‘मिसनका साथ’ गालीगलौज भइरहेको बताएका छन्। आज (शनिबार) ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले आफू कसैप्रति वैरभाव नराख्ने र सधैँ प्रसन्नचित्त रहने गरेको बताए। उनले आफूलाई गाली गर्नेहरू मिसनका साथ लागिपरेको भए पनि त्यसप्रति दया–माया लाग्ने र आफू प्रसन्न रहने गरेको उल्लेख गरे। गाली आउनुको कारण आफूले उनीहरूलाई बुझाउन नसकेको मात्र भएको उनको भनाइ थियो। उनले आफू सबैलाई बुझाउन नसक्ने पनि बताएका छन्।

‘म कसैप्रति वैरभाव केही राख्दिनँ। सधैँ प्रसन्नचित्त हुन्छु। मलाई गाली गरिरहेका हुन्छन्। मिसन छ गाली गर्ने। मिसन छ। म बुझ्छु त्यो कुरा’, ओलीले भने, ‘माया लाग्छ गाली गर्नेहरूप्रति । तर म प्रसन्न रहन्छु। किनभने मैले उसलाई बुझाउन सकिनँ । त्यत्ति मात्रै कुरा हो।’

प्रधानमन्त्री ओलीले गालीको मिसन चलाउनेहरू योगको संगतमा आएको खण्डमा ‘मान्छे बन्ने’ समेत बताए। उनले योग मनलाई स्थिर गर्ने कुरा भएको र राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे। ‘यदि योगको संगतमा आए भने तपाईहरूको संगतमा आए भने ती मान्छेहरू पनि मान्छे हुन्छन। तपाईहरूले कसैलाई मुख छोड्दै गाली गर्दै हिँड्नु भएको छ ? हिँड्नु हुन्न। किनभने तपाईहरू योग, ध्यान, प्राणायम गर्नु हुन्छ। योग भनेको चित्तानुशासनम् हो’, उनले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय