उच्च पदस्थ प्रहरीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिदै बोधिसत्व स्वामी आनन्द अरुण

उच्च पदस्थ प्रहरीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिदै बोधिसत्व स्वामी आनन्द अरुण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तनाव व्यवस्थापनसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्वामी आनन्द अरुणले प्रहरीका उच्च पदस्थ १५ जना अधिकृतहरूलाई राम्रो कार्य सम्पादनका लागि मानसिक सन्तुलन र तनाव न्युनिकरणसम्बन्धी प्रशिक्षण दिनुभयो।

प्रशिक्षणका क्रममा स्वामी आनन्द अरुणले आधुनिक जीवनशैलीले मानवीय मूल्यहरूमा गलत प्रभाव पारिरहेको बताउँदै भन्नुभयो, “तनाव भौतिक रूपमा हामी जति बिछिप्त भइराखेका छौँ, त्यति नै बढिरहेको छ। यसको मूल कारण हाम्रो जीवनका मूल्यहरू गलत दिशामा गइरहेका हुन्।”

उहाँले थप स्पष्ट पार्नुभयो कि यद्यपि मनोवैज्ञानिकहरूले थोरै तनाव आवश्यक ठान्छन्, त्यो निश्चित स्तर नाघेपछि मानसिक र शारीरिक रोगहरू देखा पर्न सक्छन्।

स्वामी अरुणका अनुसार, ध्यान अहिले विश्वभरका मानिसहरू खोजिरहेका छन्। उहाँले तपोवन आश्रममा ७ दिनको ध्यान कार्यक्रममा सहभागी व्यक्तिमाथि गरिएको एक अनुसन्धान उल्लेख गर्दै भन्नुभयो, “सो अध्ययनमा ६० प्रतिशतभन्दा बढी सहभागीमा तनाव कम भएको देखिएको छ। ध्यान गर्न थालेपछि मानिसको शरीरमा ‘ह्याप्पी हर्मोन’ बढ्न थाल्छ।”

प्रशिक्षणमा सहभागी प्रहरी अधिकृतहरूले तनाव न्युनिकरणसम्बन्धी महत्वपूर्ण जानकारी पाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले यस्तो प्रशिक्षणले तनाव कम गर्न र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय