पुर्वजन्ममा सँगै साधना गरेको दुवैलाई याद, भावुक हुँदै झर्यो आँसु !

पुर्वजन्ममा सँगै साधना गरेको दुवैलाई याद, भावुक हुँदै झर्यो आँसु !

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पूर्वजन्मका सम्बन्धहरू कहिलेकाहीं वर्तमान जीवनमा पनि झल्किन्छन् भन्ने गहिरो अनुभूति भएको छ, जब बोधिसत्व स्वामी आनन्द अरुण र प्रतिष्ठित भिक्षु वैरोचना रिन्पोछे बीच भुटानमा ऐतिहासिक र भावुक पुनर्मिलन भयो ।

आज बिहान भुटानको शाही दरबारमा उहाँहरुबीच पुनर्मिलन भएको हो । वैरोचना रिन्पोछे उमेरमा १२ वर्षको हुनुहुन्छ । उहाँलाई भुटानका ७०औं जे खेनपो, जिग्मे छोएद्रा द्वारा ८औं शताब्दीका महान अनुवादक र पद्मसम्भवका २५ प्रमुख शिष्यहरूमध्ये एक वैरोचनाको पुनर्जन्मको रूपमा मान्यता दिइएको छ ।

भेटमा शाही माता, वैरोचनाका माता हर होलिनेस, र शाही परिवारका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

स्वामी आनन्द अरुणको भ्रमण टोलीलाई भुटान सरकारको ग्रस नेशनल हैपिनेस अवधारणाका सूत्रधार तथा सेन्टर फर भुटान एन्ड जीएनएच स्टडिजका अध्यक्ष डा कर्मा उराले विशेष आतिथ्य प्रदान गर्नुभयो।

शाही कक्षमा प्रवेश पछि, वैरोचना रिन्पोछेले स्वामी अरुणलाई बुद्धको मूर्तिमुनि तीनवटा दियो बाल्न अनुरोध गर्नुभयो । त्यसपछि कुनै औपचारिकता बिना नै उहाँलाई बराबरीको आसनमा आमन्त्रण गरियो। त्यस क्रममा रिन्पोछेले भावुक स्वरमा भन्नुभयो, “हामी पहिले पनि भेटिसकेका थियौं—यो जीवनभन्दा अगाडि।” यो भनाइले स्वामीजीलाई रुवायो, र दुबैजनाले एक अर्काको हात समातेर निधार टेकेर भावुक अङ्कमाल गर्नुभयो ।

यो दृश्यले भ्रमण टोलीमा रहेका तपोबनका सन्यासी र उपस्थितहरू समेत भावविह्वल बन्नुभयो ।
स्वामी आनन्दले वैरोचनालाई ओशोका बौद्ध प्रवचन, धार्मिक ग्रन्थहरू, ओशोको तस्बिर र अन्य आध्यात्मिक उपहारहरू प्रदान गर्नुभयो। वैरोचनाले ती उपहारहरू श्रद्धा र कृतज्ञतापूर्वक स्वीकार गर्नुभयो।

भेटवार्ताको अन्त्यतिर, विशेष अनुरोधपछि एउटा स्मरणीय तस्वीर पनि खिचिएको थियो, जहाँ वैरोचना रिन्पोछेको छेउमा स्वामी अरुणलाई राखिएको कुर्सीमा बस्न आमन्त्रण गरिएको थियो।
स्वामीजीले रिन्पोछेलाई ओशो तपोबन भ्रमणको लागि औपचारिक निमन्त्रणा पनि गर्नुभयो।

स्वामीजीले नागार्जुनको बोधिवृक्षबारे जानकारी दिँदै भन्नुभयो, “हामीसँग तपाईँलाई देखाउनुपर्ने आध्यात्मिक सम्पदा छन्।” रिन्पोछेले उत्साहित हुँदै जवाफ दिनुभयो—“म अवश्य आउँछु।”
यो भेटले दुई राष्ट्रबीचको आध्यात्मिक सम्बन्ध मात्र गहिरो बनाएको छैन, भुटानले आध्यात्मिक, सांस्कृतिक र आत्मीयताको दृष्टिकोणबाट आफ्नो हृदय खोलिदिएको देखिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय