ओशोका पुस्तकहरू अब भूटानमा पनि उपलब्ध, ध्यानको प्रचारमा तपोवनको योगदान

ओशोका पुस्तकहरू अब भूटानमा पनि उपलब्ध, ध्यानको प्रचारमा तपोवनको योगदान

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- अब भूटानमा पनि ओशोका पुस्तकहरू सहज रूपमा उपलब्ध हुने भएका छन्।

विश्वभर ओशोका शिक्षालाई प्रतिबन्धितजस्तो बनाउने प्रयासका बाबजुद, नेपालस्थित ओशो तपोवनको पहल र बोधिसत्व स्वामी आनन्द अरुणको निरन्तर प्रयासले ओशोको ज्ञान पुनः विश्वभर फैलन थालेको छ।

पुणे आश्रम ओशो इन्टरनेशनल रिजोर्टले विगतमा ओशोका शिक्षाहरू, पुस्तकहरू, र स्वयम् ओशोको नाम र छविलाई समेत ‘कपिराइट’ लगाएर विश्वभर फैलन नदिने प्रयास गरेको थियो। तर, ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणको सक्रियताले गर्दा अहिले फेरि ओशोको शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा पुनः गति लिइरहेको छ।

यसै क्रममा, बोधिसत्व स्वामी आनन्द अरुण भूटानमा आयोजित Bhutan Meditation Conference 2025 मा सहभागी हुन भूटान पुग्नुभएको छ। सम्मेलनको अवसरमा उहाँले भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, वैरोचना रिन्पोछे लगायतका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नुभयो।

उक्त सम्मेलनले भूटानमा ध्यानको प्रचारप्रसारमा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ। ओशोका शिक्षाहरूलाई आत्म-प्रबोधन र विश्व शान्तिको मार्ग मान्नेहरूका लागि यो एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय