भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, अरु को-को मुछिए ? हेर्नुहोस पूर्णपाठ

भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, अरु को-को मुछिए ? हेर्नुहोस पूर्णपाठ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्। काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । अन्यको हकमा भने विगो रकम फरक फरक छ । प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो। हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

हेर्नुहोस् पूर्णपाठ :

https://drive.google.com/file/d/1RoANPSzHFBfA3b9eouRN7k5sMT0nisSL/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय