यूएईको कारागारमा रहेका १२० नेपालीलाई आम माफी

यूएईको कारागारमा रहेका १२० नेपालीलाई आम माफी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आम माफी दिएको छ।

इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार प्रकट गरेको छ ।

मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन् । गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो । त्यहाँको सरकारले यसअघि पनि विशेष अवसर पारेर चालचलन सुध्रिएका र गम्भीर अपराध नगरेकाहरुको सजाय मिनाह गरेर आम माफी दिने गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय