अभिनेत्री शिल्पा पोखरेल बनिन् ओशो सन्यासी

अभिनेत्री शिल्पा पोखरेल बनिन् ओशो सन्यासी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छिन् ।

उनले आफूलाई नयाँ नाम ‘माँ प्रेम हाँस्या’ राखेकी छिन्। उनलाई यो नाम बोधिसत्व स्वामी आनन्द अरुणले राखिदिनु भएको हो।

केही समयदेखि ओशो तपोवनमा नियमित रूपमा ध्यान गरिरहेकी शिल्पाले आध्यात्मिक मार्ग अवलम्बन गरेकी हुन्। ओशो तपोवनमा बसाइका क्रममा उनले आफूलाई छुट्टै अनुभूति भएको बताइन्। ‘मैले यहाँ आएपछि भित्री आनन्दको अनुभूति गरें। आफूलाई प्रेम गर्नुपर्छ भन्ने महत्त्वपूर्ण कुरा सिकें’ शिल्पाले भनिन्।

केही समयअघि मात्र उनले निर्माता छवि ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसपछि मानसिक तनावमा रहेकी उनी आध्यात्मिक चिन्तनका लागि ओशो पुगेकी हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय