धरौटीमा रिहा भए लगत्तै पक्राउ परिन आशिका तामाङ

धरौटीमा रिहा भए लगत्तै पक्राउ परिन आशिका तामाङ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आशिका तामाङ धरौटीमा रिहा भए लगतै फेरि पक्राउ परेकी छिन् । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङलाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको छ ।

उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज १० हजार धरौटी बुझाएर रिहा भएकी हुन् । लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो। उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन् ।

पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् । भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरी स्रोतले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय