नेप्से निरन्तर ओरालो, कारोबार कति ?

नेप्से निरन्तर ओरालो, कारोबार कति ?

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ । आज  नेप्से ०.२१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा पुगेको छ । नेप्से घट्दा  ४ अर्ब २७ करोड ८२ हजार बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।

८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २१ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ४२१ पटक शेयर किनबेच भएको छ ।

नेप्से घट्दा पनि २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ समूहमध्ये ३ समूह बढेको छ भने बाँकी सबै समूह राताम्य भएको छ ।

आज फाइनान्स १.०७ प्रतिशतले बढेर ३ हजार १७६.७९ विन्दुमा, लघुवित्त ०.०९ प्रतिशतले बढेर ४ हजार ८७९.३४ विन्दुमा र ट्रेड्रि समूह ०.५० प्रतिशतले बढेर ४ हजार ८०६.८० विन्दुमा पुगेको छ ।

सबैभन्दा बढी होटेल तथा पर्यटन समूह ०.४२ प्रतिशतले घटेर ६ हजार ४५६.४२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम निर्जीवन बीमा ०.१४ प्रतिशतले घटेर १२ हजार ६४६.१५ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले, विकास बैंक ०.१६ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी ०.३२ प्रतिशतले, जीवन बिमा ०.३३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.३२ प्रतिशतले, म्युचुअल फण्ड ०.२६ प्रतिशतले र अन्य समूह ०.३७ प्रतिशतले घटेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय