काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि आजदेखि नैतिक संहिता लागू गरेको छ ।
अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाई आजदेखि लागू गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक तथा सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरणका साथै व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन आचारसंहिता लागू गरिएको हो ।
विभागका अनुसार प्रस्थान गर्ने यात्रुलाई कम्तीमा शुयात्रा (ह्याब अ नाइस जर्नी) भन्ने, नेपालभित्र प्रवेश गर्नेलाई कम्तीमा नेपालमा स्वागत छ (वेलकम इन नेपाल) भन्ने तथा कम र आवश्यक प्रश्नमात्र गर्ने आचारसंहितामा उल्लेख छ ।