गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला

गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मीः गुल्मीको छल्दी खोलाको किनारमा शनिवार पुरुषको शव फेला परेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ५ गान्टारी स्थित छल्दीखोलाको किनारमा इश्मा गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शबको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साकेंतिक तस्बिर

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय