पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुगेकी छिन् ।

शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहित जुम्ला पुगेकी हिमानी र उनका छोरा हृदयेन्द्रलाई जुम्लावासीले बाजागाजा र फूलमालाले स्वागत गरेका छन् ।

हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास र सिंचाइ पोखरी उद्घाटन गर्न उनीहरू जुम्ला पुगेका हुन्।

जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १ मनिसाँघुमा बर्थिङ सेन्टर निर्माण हुँदै छ। जसको आज आइतबार उद्घाटन गर्ने कार्यक्रम छ। मनिसाँघु डोल्पाको सीमाना नजिकै पर्छ।
यस्तै, हिमानी ट्रस्टले हिमा गाउँपालिकामा निर्माण गरेको सिंचाइ पोखरीको पनि उद्घाटन हुनेछ।
पूर्वयुवराज्ञी हिमानी शाहसँगै जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन्।





