काठमाडौँ: मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ। आगामी शनिबार ललितपुरमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन नेपाल आयोजना हुन लागेको हो।
ग्रीन आर्ट्स मिडियाको आयोजनामा हुने सौन्दर्य प्रतियोगितामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिँदैछन् । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिन लागेका हुन्।
यो पनि हेर्नुहोस्: बागलुङको बडिगाड गाउँपालिका-२ मा बम विस्पोटमा परी २ जना घाइते
‘शारीरिक रुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गर्न लागेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन्।
सुरुमा ह्विल चेयरमा बस्नेको लागि प्रतिस्पर्धा गर्ने तयारी गरेपनि अन्य अपांगलाई पनि समेटेर प्रतिस्पर्धा गर्न लागिएको हो । ‘मुलुकमै पहिलोपटक यस्तो अवधारणामा गर्न लागेका हौं र उत्साहित पनि छौं’ तुलाधरले भनिन्, ‘अहिले दुईवटा विधामा मात्र पेजेन्ट गर्नेछौँ।’





