अनलाइनमार्फत विदेशबाट सामान किन्न सकिने ग्राहकका लागि एनआईसी एसियाको डलर कार्ड

अनलाइनमार्फत विदेशबाट सामान किन्न सकिने ग्राहकका लागि एनआईसी एसियाको डलर कार्ड

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: एनआईसी एसिया बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरिएको जनाएको छ। राष्ट्र बैंकले ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिनेसम्बन्धी सूचना’ जारी गरेको थियो।

यसबाट विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा ग्राहकले पाउनेछन्।

यो पनि हेर्नुहोस्: रुरु जलविद्युतको आईपीओ खुल्यो

बैंकका अनुसार भिसा कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५ सय अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन्। कार्ड प्राप्त गर्न ग्राहकको केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ।

कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरिएको जानकारी दिएको छ। ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने बैंकले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय