प्रजातन्त्र दिवसको अवसरमा मुसिकोट न.पा., गुल्मीमा मैत्रिपूर्ण भलिबल खेल सम्पन्न

प्रजातन्त्र दिवसको अवसरमा मुसिकोट न.पा., गुल्मीमा मैत्रिपूर्ण भलिबल खेल सम्पन्न

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

महेन्द्र घिमिरे

गुल्मी: प्रजातन्त्र दिवसको अवसरमा मुसिकोट नगरपालिका, गुल्मीमा मैत्रिपुर्ण भलिवल खेल सम्पन्न भएको छ। ७१ औँ प्रजातन्त्र दिवसको अवसर पारेर मुसिकोट नगरपालिकामा कार्यरत कर्मचारीहरू बिच मैत्रीपूर्ण भलिबल खेल रुद्रावती बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न भएको छ।

 

प्रजातन्त्र दिवसको अवसरमा ‘स्वच्छ खेल समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने नाराको साथमा मैत्रीपूर्ण खेल सप्पन्न भएको हो। कर्मचारीहरूको समूहलाई टिम ए र टिम बी मा विभाजन गरी उक्त खेल संचालन गरिएको थियो।

खेलकुदको क्षेत्रको विकास र खेलाडीको पहिचान र पालिकाको पहिचान मा यस्ता कार्यक्रमले सहयोग पुर्याउने भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको वुझिएको छ । उक्त खेलको उद्घाटन मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि.वि. जि.सी.ले पहिलो सर्भिस गरेर गर्नु भएको थियो । कार्यक्रममा योजना शाखा प्रमुख मुना ज्ञवाली, खानेपानी शाखा प्रमुख सीता भुसाल,प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे,सुचना प्रविधि शाखा प्रमुख बिक्रम रायमाझी लगायत नगरपालिका अधिकांश कर्मचारीको उपस्थिती रहेको थियो।

 

प्रजातन्त्र प्राप्तीका लायी योगदान दिनु हुने सवैको सम्मानमा राष्ट्रिय गान सँगै कार्यक्रम सुरूवात भएको थियो । वेस्ट अप ५ मा संचालन गरिएको मैत्रि पुर्ण खेलमा इन्जिनियर राजेन्द्र गैतम नेतृत्वको टिम ए ले ३-२ को सेटमा टिम वि लाइ पराजित गरेको थियो।

 

खेलमा मुख्य अम्पाएरको भुमिका रोजन राना, सहजिकरण छबिलाल न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन महेन्द्र घिमिरे र गोविन्द कंडेलले गर्नु भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय