पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ – बुर्तिबाङ खण्ड अवरुद्ध !

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ – बुर्तिबाङ खण्ड अवरुद्ध !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बलेवा। भारी वर्षासँगै आज बिहानको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।

काठेखोला गाउँपालिका – ५ इनारपानी र गलकोट नगरपालिका-९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो। आज बिहानदेखि पहिरोले लोकमार्गमा सवारी आवातजावत ठप्प छ।

पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकका अनुसार डोजर लगाएर काम भइरहेको र पहिरो पन्छाउन केही समय लाग्नेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय