अबिरल बिष्णु गुल्मी – गुल्मी जिल्लाको सत्यवति गाउपालिका मा थप १० जनामा कोरोना पुष्टि भएको छ।प्रदेशिक अस्पतालमा पठाइएको स्वाब मा १० जना मा नै कोरोना पुष्टि भएको गाउपालिका स्वास्थ्य प्रमुख सुर्य राना ले बताउनु भएको छ। उहाका अनुसार गाउपालिकाको १,२,३ वार्ड मा गरी १० जनामा कोरोना पुष्टि भएको हो ।जस अन्तर्गत वार्ड १ मा १ जना ४५ बर्षे पुरुष ,२ मा २८ बर्षे पुरुष ,२१ बर्षे पुरुष ,२५ बर्षे महिला र २३ बर्षे पुरुष गरी ४ जना मा कोरोना पुष्टि भएको छ।
त्यस्तै वार्ड न ३ मा २२ बर्षे महिला,२२ बर्षे पुरुष ,१९ बर्षे महिला ,२५ बर्षे महिला र २४ बर्षे महिला गरि ५ जना मा कोरोना पुष्टि भएको उहाले बताउनु भएको छ।यस सङै गाउपालिका मा कोरोना संक्रमण को संख्या २७ पुगेको छ।जस अन्तर्गत १४ जना कोरोना निको भएर घर फर्किएका छन भने हाल १३ जना आइसोलेसन मा रहेको उहाले बताउनु भएको छ।





