तानसेन-तम्घास सडकखण्ड १५ दिनसम्म राति साढे ६ घण्टा बन्द हुने

तानसेन-तम्घास सडकखण्ड १५ दिनसम्म राति साढे ६ घण्टा बन्द हुने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

तम्घास : तानसेन-तम्घास सडकखण्ड १५ दिनसम्म दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ।

तानसेन-तम्घास सडकखण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा चट्टान कटान गरी सडक फराकिलो बनाउन भोलि (शुक्रवार)देखि फागुन १३ गते (शुक्रवार) सम्म बेलुका ९ देखि बिहान ३:३० बजेसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए।

प्रदीप साइन जेभी बुटवलले सडक फराकिलो बनाउन थालेको हो। चट्टान कटान गरी सडकमा राख्नुपर्ने भएकाले रातिको समयमा यातायातका साधन सञ्चालनमा समस्या भएपनि अन्य समयमा भने सडक खुला रहनेछ।

साँघुरो सडक र चालकको असावधानीका कारण तानसेन-तम्घास सडकखण्डमा प्रत्येक वर्ष सयौँ मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् भने पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय