ढोरपाटनमा बाढीले दुई घर पुरिए

ढोरपाटनमा बाढीले दुई घर पुरिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ/ मंगलबार साँझदेखि परेको बर्षासँगै आएको बढीले बागलुङको ढोरपाटन नगरपालिका–२ दुई घर पुरिएका छन् ।

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय