फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको छ।
फिल्मले युट्युवमा छोटो समयमा ५० लाख भन्द बढी भियुज पाउँदै शीर्ष स्थान गोगट्न सफल भएको हो । अर्थात ट्रेनिङ १ मा पर्न सफल भएको छ । फिल्मले २ लाख बढी लाइक समेत पाएको छ । करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन् ।


