सुनसरीकी १७ बर्षिया किशोरीको बलि दिन लगिएको अवस्थामा उद्धार-पुरा विवरण

सुनसरीकी १७ बर्षिया किशोरीको बलि दिन लगिएको अवस्थामा उद्धार-पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुनसरीको रामधुनी नगरपालिका-५ की एक १७ बर्षीय किशोरीलाई बलि दिन सीमा क्षेत्र विराटनगर महानगरपालिका-१७ हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको छ। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले मिडिया संगको कुराकानीमा भने ‘घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका छ, बाँकी कुरा अनुशन्धानबाट खुल्ने छ।’ यस्तै किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा सप्तरी विष्णुपुर-५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी-१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका-३ घर भएका सुनसरी रामधुनी-५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन्।

अनुसन्धान गर्ने क्रममा घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ भने सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको देखिएको छ। दिदीसँग झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले झुम्का बसाइकै क्रममा किशोरीको परिवारसँग चिनजान गरेको र चिनजानका आधारमा किशोरीलाई विराटनगर लिएर आएको खुलेको छ। साथै किशोरीकी आमाले मनिकालाई भान्जी भनेर बोलाउने गरेको बताइएको छ। घटना निकै गम्भीर देखिएका कारण विभिन्न कोण बाट अनुसन्धान भैरहेको प्रहरी खड्काले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय