बला*त्कृत किशोरीले प्रहरीलाई उजुरी दिन जादा गाउलेले नै रोके, अनि गरिन आ*त्माह*त्या

बला*त्कृत किशोरीले प्रहरीलाई उजुरी दिन जादा गाउलेले नै रोके, अनि गरिन आ*त्माह*त्या

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सप्तरी डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया बलात्कृत किशोरीले मंगलबार आत्महत्या गरेकी छिन। सोमबार बिहान ९ बजे धानखेतमा पानीको अवस्था हेर्न गएकी उनीमाथि सामूहिक बलात्कार भएको थियो। किशोरिकी आमाको अनुसार बलात्कार भएपछि पिडित किशोरीले आरोपित चार जनाविरुद्ध उजुरी दिन प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि बलात्कृत किशोरी निकै तनावमा रहेकी थिइन्।

पिडित किशोरीले आत्माहत्या गरिसकेपछि मात्र उक्त घटना बारे प्रहरीले थापाएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले बताए। एसपी धमलाका अनुसार गाउका पञ्चहरुले उक्त घटनालाई गाउमानै मिलाउनको लागि आरोपीबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय समेत गराएको भनिएको छ। अभियुक्त भने फरार भएका छन् भने खोजि कार्य तिब्र गतिमा भइरहेको छ।

हाल प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ। किशोरीको शवलाई भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोष्टमार्टम गरिने बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय