नायिका पूजा शर्माद्वारा संचारकर्मी प्रकाशबिरुद्ध उजुरी !

नायिका पूजा शर्माद्वारा संचारकर्मी प्रकाशबिरुद्ध उजुरी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीबिरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । उनले यसअघि सञ्चारकर्मी सुवेदीसंगको एक टेलिभिजन अन्तर्वाताका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिईन् ।

नायिका शर्माले यसअघिको बिषय आफूले बिर्सिसकेको बताउँदै आफूलाई पटकपटक सञ्चारकर्मी सुवेदीले टेलिभिजनबाटै होच्याउने खालका शब्द प्रयोग गरेकाले आफू उजुरी दिन बाध्य भएको बताईन् । नायिका शर्माले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएको बताएकी छिन् । साथै, उनले ‘प्रेन्स काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने बताएकी छिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय