अबिरल बिष्णु गुल्मी । नेपाली महिला दिदि बहिनीको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा एकपछि अर्को गरी बजारमा तीज गीत आउन् थालेका छन् । कतिपए गीत बजारमा आइसकेका छन् भने धेरै गीत बजारमा आउने क्रममा छन् ।बजारमा ठट्यौली र रमाइला गीत आइरहँदा चर्चित लोक दोहोरी गायक तथा हास्यकलाकार पुरुषोतम भण्डारी (पुर्खे बा) ले पानी मरुवा २ (बुवा आमाको बेदना) बजार मा ल्याएका छन् ।
मौलिक लयमा आएको यस गीत लाइ शब्द तथा निर्देशन पुरुषोतम भण्डारीले गर्नु भएको छ भने पुरुषोतम भण्डारी ,लक्ष्मी तिवारी र निस्चल सुनार को अवाज मा आएको यस गीत लाइ प्रकाश भट्टराई र चम्पा कुवर ले निर्माण गर्नु भएको हो । पुरुषोतम भण्डारी ,लक्ष्मी तिवारी र अन्य कलाकारको अभिनय मा रहेको यसगीतलाई पुर्खे बा अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।


