पुन : ठुलो संख्यामा गुल्मी र बाग्लुङमा देखियो सलह किरा !

पुन : ठुलो संख्यामा गुल्मी र बाग्लुङमा देखियो सलह किरा !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन ।  गुल्मी र बाग्लुङ जिल्लाका केही स्थानमा पुन सलक किरा देखिएको छ । यस अघि सानो संख्यामा सलह देखिएको थियो तर केही दिनपछी आफै हराएको थियो । अहिले फेरि ठूलो संख्यामा सलह गुल्मी ,पाल्पा ,अर्घाखाची,बाग्लुङ लगाएतका जिल्लामा देखिएको बताइएको छ ।

केही दिन अघि विज्ञहरुले पहिले भन्दा ठूलो संख्यामा सलह किरा नेपालमा आउन सक्ने बताएका थिए । पहिले देखिएको सलह किरा को संख्या भन्दा अहिले देखीएको सँख्या निकै धेरै छ । गुल्मीको मालिका गाउँपालिका इश्मा गाउपालिका , मदाने गाउँपालिका, बाग्लुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका लगायतका विभिन्न ठाउँको आकाशमा ठूलो संख्यामा सहल किरा उडेको र केहि खेति वालीमा पनि बसेको किसानहरुले बताएका छन ।

धेरै ठाउँमा यो समयमा मकै खेति गरिएको छ । किसानहरुले खेतवारीका छेउछाउमा आगो बालेर धुवाँ गराएका छन भने चर्को आवाजमा थाल तथा ड्रमहरु बजाएर धपाउने प्रयास गरेका छन् । अघिल्लो पटक आएको सलह किरा आकाशमा मात्रै देखिएको र बालीनालीमा नबसेको भएपनि यसपल्टको सलह किरा भने बालिनालीमा आएर बसेको कृषकहरुले बताएका छन् । भर्खर धान फाल्दै गरेका मकैको डाँठ, पात लगायतका स्थानमा बसेर सलह किराले नष्ट गर्न थालेको उनीहरुको भनाई छ । ठुलो संख्यामा सलह किरा भित्रिएपछि कतै बालीनाली नै सखाप पार्ने होकी भन्ने चिन्तामा किसानहरु रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय