काठमाण्डौ । कलाकारहरुले आफ्नो अभिनयको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिन नसकेको पनि तीन महिनाभन्दा बढी भैसकेको छ । लकडाउन भएदेखि उनीहरुको दैनिकी घरभित्रै वितिरहेको छ । तर, यस्तो अवस्थामा पनि दर्शकलाई मनोरञ्जनको कमी महशुस भने भएको छैनन् । फरक यति मात्र छ कि यसपटक कलाकारले आफ्नो अभिव्यक्तिबाट दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।
नेपाल र भारतबीच सीमा विवादको विषयमा अभिनेत्री वर्षा राउतले आफूलाई राष्ट्रवादी अभिनेत्री देखाउन खोज्दा विवाद र आलोचनाको पात्र बन्न पुगिन् । जमिनको विषयमा दुई देशका मिडियाबीच चलेको जुहारीले आफूलाई भारतीय साथीहरुसँग मुख देखाउन पनि गाह्रो भएको उनको भनाई थियो । उनको यो अभिव्यक्तिले झण्डै एक हप्ता सामाजिक सञ्जाल ततायो । वर्षापछि अभिनेत्री पूजा शर्मा विवादित बनिन् । एक टेलिभिजन अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएपछि उनको सामाजिक सञ्जालमा हदैसम्म मजाक उडाइयो ।
यो घटना सेलाउन नपाउँदै निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालप्रति कटाक्ष गर्दै महानायक को हो रु कहाँ छन् रु भनेर दिएको अभिव्यक्तिले जीवनमा कहिल्यै सुन्न नपरेको गाली खानुपर्यो । एक अन्तर्वार्तामा दीपाश्रीले राजेश हमाललाई आफूले नचिन्ने आशय व्यक्त गरेपछि सामाजिक सञ्जालमा दीपकराज गिरीलाई उनले महानायक बनाउन खोजेको टिका – टिप्पणी भइरहेको छ । ‘महानायक दीपकराज गिरी भन्दा कस्तो सुनिन्छ :’ भनेर कयैन् ट्रोल बनेका छन् । आफूलाई ‘महानायक’ को पदवी भिराइएको बारे दीपकराजले आफ्नो भनाई सार्वजनिक गरेका छन् ।
‘जबदेखि कलाकार भएँ, हरिदाई, मदनदाई र सन्तोषदाई जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ । मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन,’ उनले फेसबुकमा लेखेका छन् । उनले आफ्नो गल्ती विना नै जबरजस्ती रुपमा महानायक बनाउनेहरूलाई धन्यवाद दिएका छन् । उनले आफू सत्य भएकाले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो हुने उल्लेख गरेका छन्


