हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी !

हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्। बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन्।

उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप कार्यक्रममा प्रस्तुत हुने साम्रग्री परिमार्जन गरिने बताए। ‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरेका थिए। सो अभिनयले मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको भन्दै उनको विरोध गरिएको थियो।

उनीविरुद्ध वीरगंजका युवा ओमप्रकाश सरार्फले उजुरी समेत दिएका थिए। ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्‍याउने गरि कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताएका छन्। पहिलोपोस्टबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय