बडिगाड गाउँपालिकाका ५ जना जनाले कोरोना जिते !

बडिगाड गाउँपालिकाका ५ जना जनाले कोरोना जिते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ । धौलागिरि अस्पताल बागलुङको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचाररत बागलुङका ११ जनाले कोरोना जितेका छन् । उनीहरुको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिनुभयो ।

कोरोना जित्नेहरुमा बागलुङको बडिगाड गाउँपालिकाका पाँच जना, बरेङ गाउँपालिकाका दुई जना, ताराखोला गाउँपालिकाका १ जना, गलकोट नगरपालिकाका एक जना र निसीखोला गाउँपालिकाका २ जना रहेका छन् । कोरोना परिक्षणका लागि पठाईएको पछिल्लो स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पताल डिस्चार्ज गरिएको सूचना अधिकारी गौतमको भनाई छ ।

यससँगै बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या २३ पुगेको छ । यसअगाडी बडिगाड गाउँपालिका ६ जना, तमानखोला गाउँपालिकाका ४ जना र बागलुङ नगरपालिकाका २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय