दिनेश शर्मा, बडिगाड – लगातार रुपमा परिरहेको अविरल वर्षा ले बडिगाड गाउपालिका वडा न. ७ को एक घर मा माथीबाट पहिरो आइ गम्भिर रुपमा क्षती पुर्याएको छ। पहिरो ले बिभिन्न ठाउमा क्षती पुर्याइरहेको अवस्थामा बडिगाड ७ कि तुलसी कामीको घरमा पनि पहिरोले क्षती पुर्याएको छ। पहिरोले घरको बारदलीमा रुखहरुले च्यापेको छ भने पहिरोले घरको गाह्रोमा समेत क्षती पुर्याएको छ।
पहिरोले घर माथिको बारिको पाटो बगेर घरको आगन र घरमा क्षती पुर्याएको हो | पहिरोले घरको एक कोठामा ढुङ्गा माटो समेत पसेको छ।बिहान साढेपाच बजे आएको पहिरोले उक्त क्षती भएको हो। बिहान उज्यालो भएपछी घटना भएकोले मानबिय तथा अन्य ठुलो क्षती नभएको स्थानिय ले बताएका छ्न । पहिरोले गर्दा ५ जनाको परिवार पुर्ण रुपमा विस्थापित भएका छन ।
अहिले स्थानियवासी उद्दारको लागी जुटिरहेका छन क्षती को बिवरण बुझ्नका लागी इलाका प्रहरी कार्यालय भिमगिठेबाट प्रहरी टोलि घटना स्थल तर्फ जादैछ। शुक्रबार दिउसो देखी नै अविरल रुपमा परेको वर्षाले मध्यपहाडी लोकमार्ग हुदै पर्यटकिय स्थल थामचौर जाने सडक समेत अवरुद्द बनेको छ। मध्यपहाडी लोकमार्ग समेत बिभिन्न ठाउमा अवरुद्द भएको बुझिएको छ।




