गुल्मीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि !

 गुल्मीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । आठ महिनाको शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रेसुङ्गा नगरपालिकामा ८ महिनाको शिशुसहित १० जना, इश्मा गाउँपालिकामा ९ जना, गुल्मी दरवार गाउँपालिकामा ४ जना, मालिका गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा १ जना गरि एकै दिन २६ जना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गु्ल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

योसँगै गुल्मी जिल्लामा संक्रमितहरूको संख्या ५८ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् भने जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय