अनुगमनमा पुगेका मेयर माथी भएको व्यवहार प्रति नेकपाको ध्यानाकर्षण !

अनुगमनमा पुगेका मेयर माथी भएको व्यवहार प्रति नेकपाको ध्यानाकर्षण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटीले मुसिकोट १ थामडाँडा स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सक्रंमण रोकथामका लागि नगरपालिका भित्र भारत सगैं देशका विभिन्न ठाउँबाट आई क्वारेन्टाईन बसोबास भै रहेको अवस्थामा उक्त क्वारेन्टाईनमा हुलहुज्जत पूर्ण कार्य गर्दै सोको भिडियो निर्माण एवम् प्रकाशन भएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको नेकपाले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

नेकपा मुसिकोट नगरकमिटी अध्यक्ष खुम थापा र सचिव अग्नीधर लोहनीद्धारा हस्ताक्षरित विज्ञप्तीमा क्वारेन्टाईन स्थलमा बसिरहेकाहरु र उनीहरुलाई सेवा दिनेहरु निश्चित दुरी रहेर शान्त एवम् भीड रहित राख्दै अत्यावश्यक काम सम्पादन गर्नुपर्ने अवस्थामा समुह बटुलेर सामुहिक जमघट, हुलहुज्जत गर्दै तमासा देखाउने कार्यले सक्रंमणको खतरा झनै बढ्ने बताएको छ । त्यस्तै विज्ञप्तीमा जिम्मेवार व्यक्तिहरु र संस्थाहरुले त्यस्ता कार्यलाई रोक्नुपर्नेमा त्यसो नगरिएको भन्दै नगरप्रमुख, सैनिक, सुरक्षाकर्मीहरु निरीक्षण अनुगमनमा गएकै बेला व्यवस्थापनमा सहयोग पुर्याउनुको सट्टा क्वारेन्टाईनमा बसिरहेकाहरुलाई उत्तेजित गराई भड्काउने प्रयास गरेको ठहर गरिएको छ ।

सक्रांमक महामारीको फैलावट रोकथाम र नागरिकहरुको स्वास्थ्य रक्ष ागर्ने कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि माथि अवरोध पुर्याउने गरी अभद्र क्रियाकलाप गरिरहेमा महामारीको समयमा अभद्र गतिबिधि रोक्न नेकपाको सम्पूर्ण शक्ति परिचालित हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय