आईसुलेसनमा उपचाररत गुल्मीका एकजनाको पाल्पामा मृत्यु !

आईसुलेसनमा उपचाररत गुल्मीका एकजनाको पाल्पामा मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय प्रेम सिङ घर्तीको उपचारको क्रममा मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसुलेसनमा राखेर उपचार गराइरहेको उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो ।

छिमेकीको घरमा मिस्त्री काम गरिरहेका उनी एक्कासी बेहोस भएर ढलेपछी आइतबार उपचारको लागि प्रभास ल्याइएको थियो । आइसियूमा राखेर उपचार गरिएको घर्तीलाई कोरोना भाइरस कोभिड १९ को सामान्य लक्षण देखिएपछि आइसोलेसनमा सारिएको थियो । घर्तीको उपचारको क्रममा आज बिहान करिब १ बजे मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृतक घर्तीको आइतबारनै स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि भैरहवा स्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट नआउँदासम्म के कारणले मृत्यु भएको हो भन्नेबारे भन्न सकिने अवस्था नरहएको अस्पताललाई उदृत गर्दै उहाँले बताउनुभयो । शव रिपोर्ट नआएसम्म अस्पतालमै रहने प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय