गुल्मीमा क्वारेन्टाइनबाट एकजना भा`गे !

गुल्मीमा क्वारेन्टाइनबाट एकजना भा`गे !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा एक जना क्वारेन्टाइनबाट भा*गेका छन् । जिल्लाको मालिका गाँउपालिका वडा नम्बर ८ स्थित मालिका माविको क्वारेन्टाइनबाट साथीको पैसा र मोबाईल चो*रेर मालिका गाँउपालिका वडा नम्बर ७ घमिरका २२ वर्षिय राजेन्द्र परियार फ`रार भएको वडा अध्यक्ष टीका जिसीले जानकारी दिनुभएको छ ।

उनी १२ दिन अघि भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ । उनीसंगै क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ छापहिलेका १ जनाको मोबाईल र वडा नम्बर दुईका एक जनाको दुई हजार पैसा चो*रेर फरार भएको बताइएको छ । परियारको खोजी कार्य भइरहेको साथै सबै वडा तथा प्रहरी चौकीमा जानकारी गराइएको वडा अध्यक्ष टीका जिसीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा उनीसँगै बस्नेले बताए अनुसार चाल`चलन अलि ठिक नभएका उनले क्वारेन्टाइनमा बस्दा ठेगाना मालिका गाउँपालिका ७ घमिरको टिपाए पनि अन्यत्र समेत बस्ने गरेका थिए ।

डिबी खड्काले यो समाचार लेख्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय