महिला रोएको आवाज सगैं उग्रचण्डीको शीलामा पसिना : पुजारी भन्छन् देशकै लागि अशुभ सकेंत !

महिला रोएको आवाज सगैं उग्रचण्डीको शीलामा पसिना : पुजारी भन्छन् देशकै लागि अशुभ सकेंत !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काभ्रे । काभ्रेको नालास्थित उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको छ । बुधबार बिहान उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको पुजारी सिद्धिबहादुर कर्माचार्यले बताएका छन् ।

उनका अनुसार बुधबार बिहान पौने ७ बजे मन्दिर परिसरभित्र महिला रोएको आवाज स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले सुनेको बताए । महिला रोएको आवाज आएपछि उग्रचण्डी भगवती माईको शीलाबाट पसिना आउन थालेको पुजारी कर्माचार्यले बताए । भगवती माईको शीलामा पसिना आउनुलाई अनिष्टको पूर्व संकेतको रुपमा लिइन्छ ।

भगवती माईको शीलामा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पूजा गर्ने चलन रहेको छ । यसअघि २०७१ साल कात्तिक १५ गते पनि भगवती माईको शीलामा पसिना आएको थियो । यसको ६ महिनापछि २०७२ साल वैशाख १२ गते शक्तिशाली भूकम्प गएको थियो । साथै १ सय ९४ वर्षअघि भगवती माईको सिलामा रगत र पसिना आएको पुजारी कर्माचार्यले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय