टिकटकले भाइरल बनायो ललितपुरको मलपोखरीलाई, दुर्घटना हुन सक्ने भन्दै प्रहरी खटाइयो

टिकटकले भाइरल बनायो ललितपुरको मलपोखरीलाई, दुर्घटना हुन सक्ने भन्दै प्रहरी खटाइयो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सामाजिक सञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँलाई भाइरल बनाइदिन्छ। तनहुँको मानहुँकोट, दाङको नागबेली सडकपछि ललितपुरको एउटा मल पोखरी टिकटकमा चर्चित छ। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा केही दिनदेखि टिकटक बनाउनेको भीड लाग्न थालेको छ।

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउँछन्।

भिडिओ भाइरल भएपछि टाढा-टाढाबाट पनि मान्छेहरू पोखरी खोज्दै आउन थालेका छन्।

बिहीबार दिउँसो हामी पुग्दा पोखरीमा भिडिओ बनाउनेको भीड थियो। पोखरीबीचमै गाईवस्तु चरिरहेका थिए। एक महिला बीच पोखरीमै गएर घाँस काट्दै थिइन्।

जोखिमपूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिय घटना नहोस् भनेर अहिले प्रहरी खटाइएको छ। ठूलो पोखरीमा दुई जनामात्रै प्रहरी खटेकाले युवायुवतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्रम भने रोकिएको छैन।

जोखिमपूर्ण ठाउँमा दुर्घटना भएर ज्यान नै जान सक्ने भएकाले प्रहरी खटाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

‘भासिलो जग्गा छ। त्यहाँ गएर मानिसहरूले टिकटकमा भिडिओ बनाएको देख्यौं। त्यस्तो ठाउँमा जाँदा दुर्घटना हुन सक्छ भनेर वडासँग समन्वय गरेर प्रहरी पठाएका छौं,’ उनले भने।

प्रहरीले वडा कार्यालयलाई सो क्षेत्रमा नजानू भन्दै बोर्ड राखिदिन आग्रह गरेको छ।

साभार: सेतोपाटी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय