कोरोना संक्रमित अध्यक्षको सम्पर्कमा आएका गुल्मीका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ !

कोरोना संक्रमित अध्यक्षको सम्पर्कमा आएका गुल्मीका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सोमबार पोखरेललाई कोरोना संक्रमण भएपश्चात मंगलबार उनको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो ।

उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । आइतबार जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको एक बैठकमा स्थानीय तहका प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायहरु सहभागी भएका थिए ।
साभार : खबर मार्केट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय