कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख घुस रकमसहित पक्राउ परेका छन् । कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगर प्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए लगत्तै नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए । अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगर प्रमुख साहलाई सोधपुछ गरिरहेको छ । कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय